काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारिक नाका केरुङ एकतर्फीरूपमा सञ्चालनमा आउने भएको छ।
विगत ६ महीनादेखि बन्द रहेको नाका अबको केही दिनदेखि सञ्चालनमा आउने भएको हो।
तर, उक्त नाकाबाट नेपालले निर्यात गर्न भने नपाउने केरुङ भन्सार नाकाका प्रमुख पूण्यविक्रम खड्काले बताए।
उनले भने, “अहिलेका लागि नेपालले निर्यात गर्न नपाउने भनिएको छ। आगामी दिनमा दुईतर्फीरूपमै सञ्चालनमा आउन पनि सक्छ।”
तर, एकतर्फीरूपमै सञ्चालनमा ल्याउन पनि मोडालिटी बनाउनुपर्ने बताइएको छ।
सम्भावित मोडालिटीबारे चीन र नेपालका भन्सार स्तरीय कर्मचारीबीच छलफल हुने खड्काले बताए।
" /> काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारिक नाका केरुङ एकतर्फीरूपमा सञ्चालनमा आउने भएको छ।विगत ६ महीनादेखि बन्द रहेको नाका अबको केही दिनदेखि सञ्चालनमा आउने भएको हो।

">