काठमाडौं। शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले १८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना सञ्चालन गर्न लागिएको बताएका छन्। राष्ट्रिय सभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित रकमका सम्बन्धमा उठाएका प्रश्नको आज जवाफ दिँदै उनले बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति तयार पार्न लागिएको जानकारी दिए।
एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण गर्न लागिएको छ। नवलपरासी पूर्व र रुकुमपूर्व जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि बढाएको बताउँदै उनले मध्यपहाडी लोकमार्गले जोड्ने सुविधायुक्त नयाँ १० शहर निर्माण गर्न दुई अर्ब बजेट विनियोजन भएको र शहरी करिडोर आयोजनाअन्तर्गत् हालसम्म शुरू गरिएका क्षेत्रको विस्तृत सम्भाव्यता अध्ययन गरी मेघासिटी निर्माण आरम्भ गरिने बताए।
नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न तीन वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने नीतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री नेम्वाङले आगामी वर्ष थप एक लाख सुरक्षित घर निर्माण गर्ने गरी तीन अर्ब ५० करोड बजेट विनियोजन भएको बताए। रासस
" /> काठमाडौं। शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले १८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना सञ्चालन गर्न लागिएको बताएका छन्। राष्ट्रिय सभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित रकमका सम्बन्धमा उठाएका प्रश्नको आज जवाफ दिँदै उनले बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति तयार पार्न लागिएको जानकारी दिए।एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण गर्न लागिएको छ। नवलपरासी पूर्व र रुकुमपूर्व जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि बढाएको बताउँदै उनले मध्यपहाडी लोकमार्गले जोड्ने सुविधायुक्त नयाँ १० शहर निर्माण गर्न दुई अर्ब बजेट विनियोजन भएको र शहरी करिडोर आयोजनाअन्तर्गत् हालसम्म शुरू गरिएका क्षेत्रको विस्तृत सम्भाव्यता अध्ययन गरी मेघासिटी निर्माण आरम्भ गरिने बताए।
नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न तीन वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने नीतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री नेम्वाङले आगामी वर्ष थप एक लाख सुरक्षित घर निर्माण गर्ने गरी तीन अर्ब ५० करोड बजेट विनियोजन भएको बताए। रासस
">