खुम्बु भ्रमणमा पुगेका पर्यटकको मृत्यु

सोलुखुम्बु। खुम्बु क्षेत्रको भ्रमणमा पुगेका एक विदेशी पर्यटकको सुतेको ठाउँमा मृत्यु भएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

१२ कात्तिक बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन। शवको कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्