काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकामा क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटनाको प्रतिनिधि सभाका महिला सांसदहरूले भत्सर्ना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महिला सांसदले दोषीलाई कारबाही गर्न र महिला रहने क्वारेन्टाइनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापतिसमेत रहेकी सांसद निरुदेवी पालले क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटना मानवविरोधी कार्य भएको बताइन्। उनले दिनानुदिन महिलामाथि हुने हिंसा रोक्न ठोस कार्ययोजना बनाउन गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराइन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई कारबाही गर्न माग गरिन। उनले महिला बस्ने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला खटाउन माग गरिन्। सांसद पार्वती चौधरीले पनि घटनाको निन्दा गर्दै क्वारेन्टाइनमासमेत सुरक्षित हुन नसकेका महिला अन्यत्र कसरी सुरक्षित हुन्छन भन्दै सरकारको ध्यानाकर्षण गराइन।

सांसद पूर्णाकुमारी सुवेदीले क्वारेन्टाइनमा बसेका महिला, बालबालिकालाई सुरक्षित हुने वातावरण निर्माण गर्न माग गरिन। सांसद प्रमिला राईले क्वारेन्टाइनमा मानिसलाई बन्दीगृह जस्तो बनाएर राखिएको भन्दै व्यवस्थित बनाउनुपर्ने बताइन्। महिलाहरू क्वारेन्टाइनमा सुरक्षित हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको प्रष्ट पारिन।

सांसद चन्दा चौधरीले दोषीलाई हदैसम्मको कारबाही गर्दै पीडित महिलालाई क्षतिपूर्ति दिन माग गरिन्। उनले पनि महिला र बालबालिकालाई राखिने क्वारेन्टाइनमा महिला सुरक्षाकर्मी, स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिनुपर्ने बताइन। सांसद थममाया थापाले संक्रमित संख्या बढिरहेको र क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने धारणा राखिन।

सांसद नरमाया ढकालले पनि यातना गृह जस्तो क्वारेन्टाइनका राखिएको विषय सरकारलाई जानकारी छ वा छैन भनेर प्रश्न गरिन। उनले छाउपडीबाट जोगिएकी चेली क्वारेन्टाइनमा जोगिन मुस्किल भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन।

" /> काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकामा क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटनाको प्रतिनिधि सभाका महिला सांसदहरूले भत्सर्ना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महिला सांसदले दोषीलाई कारबाही गर्न र महिला रहने क्वारेन्टाइनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापतिसमेत रहेकी सांसद निरुदेवी पालले क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटना मानवविरोधी कार्य भएको बताइन्। उनले दिनानुदिन महिलामाथि हुने हिंसा रोक्न ठोस कार्ययोजना बनाउन गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराइन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई कारबाही गर्न माग गरिन। उनले महिला बस्ने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला खटाउन माग गरिन्। सांसद पार्वती चौधरीले पनि घटनाको निन्दा गर्दै क्वारेन्टाइनमासमेत सुरक्षित हुन नसकेका महिला अन्यत्र कसरी सुरक्षित हुन्छन भन्दै सरकारको ध्यानाकर्षण गराइन।

सांसद पूर्णाकुमारी सुवेदीले क्वारेन्टाइनमा बसेका महिला, बालबालिकालाई सुरक्षित हुने वातावरण निर्माण गर्न माग गरिन। सांसद प्रमिला राईले क्वारेन्टाइनमा मानिसलाई बन्दीगृह जस्तो बनाएर राखिएको भन्दै व्यवस्थित बनाउनुपर्ने बताइन्। महिलाहरू क्वारेन्टाइनमा सुरक्षित हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको प्रष्ट पारिन।

सांसद चन्दा चौधरीले दोषीलाई हदैसम्मको कारबाही गर्दै पीडित महिलालाई क्षतिपूर्ति दिन माग गरिन्। उनले पनि महिला र बालबालिकालाई राखिने क्वारेन्टाइनमा महिला सुरक्षाकर्मी, स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिनुपर्ने बताइन। सांसद थममाया थापाले संक्रमित संख्या बढिरहेको र क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने धारणा राखिन।

सांसद नरमाया ढकालले पनि यातना गृह जस्तो क्वारेन्टाइनका राखिएको विषय सरकारलाई जानकारी छ वा छैन भनेर प्रश्न गरिन। उनले छाउपडीबाट जोगिएकी चेली क्वारेन्टाइनमा जोगिन मुस्किल भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन।

"> महिला सांसदहरूको माग- ‘महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै राखियोस्’: Dekhapadhi
महिला सांसदहरूको माग- ‘महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै राखियोस्’
काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकामा क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटनाको प्रतिनिधि सभाका महिला सांसदहरूले भत्सर्ना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महिला सांसदले दोषीलाई कारबाही गर्न र महिला रहने क्वारेन्टाइनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापतिसमेत रहेकी सांसद निरुदेवी पालले क्वारेन्टाइनमा नै महिला बलात्कृत भएको घटना मानवविरोधी कार्य भएको बताइन्। उनले दिनानुदिन महिलामाथि हुने हिंसा रोक्न ठोस कार्ययोजना बनाउन गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराइन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई कारबाही गर्न माग गरिन। उनले महिला बस्ने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला खटाउन माग गरिन्। सांसद पार्वती चौधरीले पनि घटनाको निन्दा गर्दै क्वारेन्टाइनमासमेत सुरक्षित हुन नसकेका महिला अन्यत्र कसरी सुरक्षित हुन्छन भन्दै सरकारको ध्यानाकर्षण गराइन।

सांसद पूर्णाकुमारी सुवेदीले क्वारेन्टाइनमा बसेका महिला, बालबालिकालाई सुरक्षित हुने वातावरण निर्माण गर्न माग गरिन। सांसद प्रमिला राईले क्वारेन्टाइनमा मानिसलाई बन्दीगृह जस्तो बनाएर राखिएको भन्दै व्यवस्थित बनाउनुपर्ने बताइन्। महिलाहरू क्वारेन्टाइनमा सुरक्षित हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको प्रष्ट पारिन।

सांसद चन्दा चौधरीले दोषीलाई हदैसम्मको कारबाही गर्दै पीडित महिलालाई क्षतिपूर्ति दिन माग गरिन्। उनले पनि महिला र बालबालिकालाई राखिने क्वारेन्टाइनमा महिला सुरक्षाकर्मी, स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिनुपर्ने बताइन। सांसद थममाया थापाले संक्रमित संख्या बढिरहेको र क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने धारणा राखिन।

सांसद नरमाया ढकालले पनि यातना गृह जस्तो क्वारेन्टाइनका राखिएको विषय सरकारलाई जानकारी छ वा छैन भनेर प्रश्न गरिन। उनले छाउपडीबाट जोगिएकी चेली क्वारेन्टाइनमा जोगिन मुस्किल भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्