काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज होस् भनेर नै अहिले लकडाउन खुकुलो बनाइएको बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले दैनिक जनजीवनमा परेको प्रभावलाई ध्यानमा राखेर सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको जानकारी गराएका हुन्।
लकडाउन खुकुलो हुँदा स्वास्थ्यमा देखिने प्रभाव लगायतका विषयमा पनि आवश्यक तयारी गरेर सरकारले काम गरिरहेको प्रधानमन्त्रीले बताए।
"सरकारले जनताको स्वास्थ्यप्रति संवेदनशील छ। कुनै पनि नेपालीले बाँच्नका लागि हात थाप्न पर्दैन", प्रधानमन्त्रीले भने।
उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको प्रधामन्त्री ओलीले प्रष्ट पारे।
अहिलेसम्म मृत्यु भएकामध्ये सबैको कोरोनाकै कारण मृत्यु नभएको प्रधानमन्त्रीको भनाइ थियो।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज होस् भनेर नै अहिले लकडाउन खुकुलो बनाइएको बताएका छन्।राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले दैनिक जनजीवनमा परेको प्रभावलाई ध्यानमा राखेर सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको जानकारी गराएका हुन्।

">