काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको लम्कीमा क्वारेन्टाइनमा बसेकी महिलामाथि त्यहाँ खटिएका कर्मचारीहरूबाट बलात्कृत हुनु मानवजातिका लागि कलंकको घटना भएको बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले दोषीहरुलाई पक्राउ गरिसकिएको र हदैसम्मको कारवाही गर्ने प्रष्ट पारे।
“तीनजनाबाट त्यस्तो घटना गर्न पनि लाजसरम हुनुपर्ने तीनलाई पशु भन्न मिलेन पशु त्यस्तो गर्दैन”, प्रधानमन्त्रीले भने, “त्यसप्रकारका अपराधी पनि हुँदा रहेछन्। अपराधि मनोवृत्तिका कुकर्महरू निस्के उनीहरू।”
प्रधानमन्त्रीले उक्त घटनाको जति निन्दा गरे पनि कम हुने भन्दै यस्ता अपराध गर्ने जो कोही भएपनि सरकारले कडा दण्डसजाय दिने बताए।
“यो अक्ष्यम अपराध हो। सरकारको ध्यान गएको छ”, उनले भने, “क्वारेन्टाइन थप व्यवस्थित बनाउने र महिला तथा बालबालिकाको सुरक्षामा ध्यान दिन सरकारले काम गरिरहेको छ।”
" /> काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको लम्कीमा क्वारेन्टाइनमा बसेकी महिलामाथि त्यहाँ खटिएका कर्मचारीहरूबाट बलात्कृत हुनु मानवजातिका लागि कलंकको घटना भएको बताएका छन्।राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले दोषीहरुलाई पक्राउ गरिसकिएको र हदैसम्मको कारवाही गर्ने प्रष्ट पारे।

">