काठमाडौं। प्रतिनिधि सभा सांसद खगराज अधिकारीले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको अधिकारीले बताए ।
सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको उल्लेख गर्दै उनले सरकारविरुद्धका आलोचनाले कोभिड-१९ को विरुद्धको लडाईंभन्दा व्यवस्था विरुद्धको लडाईंलाई हौसला दिने बताए।
क्वारेन्टाइनमा रहेका गर्भवती र सुत्केरी महिलाहरूको समस्या समाधानका लागि सरकारलाई गम्भीर हुन सांसद अधिकारीले सरकारको ध्यानाकर्षण गराएका छन्।
सरकारमाथि भइरहेका हमलाहरुको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा तीव्र गतिमा बढाउनुपर्ने उनको जोड छ।
स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरूलाई कोरोना विरुद्ध लड्दै निरन्तरता दिनुपर्ने अधिकारीले बताए।
" /> काठमाडौं। प्रतिनिधि सभा सांसद खगराज अधिकारीले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन्।सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको अधिकारीले बताए ।

">