काठमाडौं। अफ्रिकन राष्ट्र नामिबिया पहिलो पटक आइसीसी टी-२० क्रिकेट विश्वकपको लागि छनोट भएको छ। यूएईमा भइरहेको टी-२० विश्वकपको ग्लोबल क्वालिफायर अन्तर्गत सेमिफाइनल प्लेअफमा ओमनलाई ५४ रनले पराजित गर्दै नामिबिया अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट भएको हो।
त्यसअघि नेदरल्याण्ड्स घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको छ। पपुवा न्यू गिनी र आयरल्याण्ड यसअघि नै आफ्नो समूहमा शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भइसकेका छन्।
यूएई र ओमानले हारका बावजुत पनि विश्वकपमा छनोट हुने अझै अर्को मौका पाउनेछ। अब प्लेअफमा यूएईले स्कटल्याण्ड र ओमानले स्कटल्याण्डसँग खेल्नेछ।
यी दुई खेलमा विजयी हुने टीम अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछ। अर्को वर्ष हुने विश्वकपमा लागि शीर्ष १० वरीयतामा रहेका टीमहरू सिधै छनोट भइसकेका छन्। विश्वकपमा कूल १६ टीमले प्रतिस्पर्धा गर्नेछन्।
जेजे स्मिथको अलराउण्ड प्रदर्शनमा नामिबियाको सहज जित
अलराउण्ड जेजे स्मिथले बल र ब्याट दुवैमा शानदार प्रदर्शन गरेपछि नामिबियाले ओमनमाथि ५४ रनको सहज जित हात पारेको हो।
स्मिथिले ब्याटिङमा ५९ रन बनाएपछि नामिबियाले ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। २५ बल खेलेका स्मिथले ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै क्रेग विलियम्सले ४५ रन बनाएका थिए। ओमानका बिलाल खानले ४ विकेट लिएका थिए।
स्मिथसँगै बर्नार्ड सक्ल्ज र जेरार्ड एरासमसले उत्कृष्ट बलिङ गरेपछि ओमान ६ बल खगावै १०७ रनमा अलआउट भयो। ओमानका ओपनर खाँवर अलीले सर्वाधिक ४१ रन बनाए। नामिबियाका लागि स्कोल्जले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने एरासमसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। यस्तै, जेजे स्मिथले ३.१ ओभरमा १२ रन खर्चेर २ विकेट लिए।
नेदरल्याण्ड्सको उत्कृष्ट बलिङ, यूएईको ८० रन
नेदरल्याण्ड्सले उत्कृष्ट बलिङ गर्दै घरेलु टोली यूएई ८० रनमै रोकिएको थियो। ब्रान्डोनले ग्लोभरले ४ विकेट लिएपछि यूएईले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो।
स्कोर १० हुँदा शुरुको ५ विकेट गुमाएको यूएईको लागि वाहिद अहेमद र मोहम्म बुताले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। अहेमदले ९, बुताले १६ रन बनाए भने कप्तान अहेमद राजाले सर्वाधिक २२ रन बनाए। यूएईलाई कम स्कोरमा रोक्न नेदरल्याण्ड्सका लागि ग्लोभरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। यस्तै पउल भान मिकेरेन र टिम भान डेर गुटेनले २–२ विकेट लिए।
८१ रनको लक्ष्य नेदरल्याण्ड्सले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्ड्सका लागि ओपनर बेन कुपरले नटबउट ४१ रन बनाए। उनले ५३ बल खेल्दै ३ छक्का प्रहार गरे। यस्तै कोलिन अकरमनले १८ रन जो८ भने राएन टेन डेसकाटे ११ रनमा नटआउट रहे।