कञ्चनपुर। भीमदत्त नगरपालिकाले एक अर्ब ४६ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले आज सातौ नगर सभामा बजेट पेस गरेको छ।
वार्षिक नीति, कार्यक्रम तथा बजेट नगर सभाले पारित गर्नेछ।
कोभिड-१९ महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम तथा बजेट बनाइएको नगरपालिकाले जनाएको छ।
भीमदत्त नगरपालिकाले गत वर्ष एक अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो।
बजेटमा एक सहकारी एक उत्पादन, गरीब पहिचान, योग खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबरी निर्माण लगायतका नयाँ कार्यक्रम समावेश गरिएको छ।
" /> कञ्चनपुर। भीमदत्त नगरपालिकाले एक अर्ब ४६ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ।आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले आज सातौ नगर सभामा बजेट पेस गरेको छ।

">