काठमाडौं। एशियाली विकास बैंकले सन् २०२० मा एशियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सिमित हुने बताएको छ।
कोभिड-१९ विश्वव्यापी महामारीले आर्थिक गतिविधिमा असर परेकाले एशियाली क्षेत्रको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सिमित हुने बैंकले जनाएको छ।
यो वर्ष हुने आर्थिक वृद्धिदर सन् १९६१ यताकै सबैभन्दा न्यून भएको बैंकले उल्लेख गरेको छ।
यसअघि एडीबीले सन् २०२० मा २.२ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। अहिले त्यसलाई संशोधन गरेको हो।
समग्र एशियाको अर्थतन्त्र खुम्चिँदा सबैभन्दा बढी आर्थिक वृद्धि दक्षिण एशियाको हुने बताइएको छ। यस क्षेत्रको ३ प्रतिशत वृद्धि हुने एडीबीको प्रक्षेपण छ।
यस्तै, पूर्वी एशियाको वृद्धिदर १.३, दक्षिणपूर्वी एशीयाको २.७ प्रतिशत, मध्ये एशियाको ०.५ प्रतिशत हुने एडीबीले अनुमान गरेको छ।
" /> काठमाडौं। एशियाली विकास बैंकले सन् २०२० मा एशियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सिमित हुने बताएको छ।कोभिड-१९ विश्वव्यापी महामारीले आर्थिक गतिविधिमा असर परेकाले एशियाली क्षेत्रको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सिमित हुने बैंकले जनाएको छ।

">