काठमाडौं। लकडाउनका कारण आफ्नो देश फर्कन नसकेका पर्यटकहरूको भिसा सरकारले निःशुल्क थपिदिने भएको छ।
‘२०७६ चैत ८ गतेसम्म पर्यटक भिसा नियमित भएका विदेशी पर्यटकहरूको भिसा अन्तर्राष्ट्रिय उडान सुचारु भएको मितिले १५ दिनसम्म कायम रहने गरी निुःशल्क रूपमा नवीकरण गरिएको छ’, अध्यागमन विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ अन्तर्राष्ट्रिय उडान सुचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने विदेशी पर्यटकहरू भिसा नियमित गर्न विभाग आइरहनु पर्नेछैन।’
८ चैत २०७६ सम्म पर्यटक भिसा नियमित भई अन्य भिसामा रूपान्तरण गर्न चाहने तथा यस अवधिमा म्याद समाप्त भएका सबै किसिमका भिसा आउँदो ३० साउनभित्र नियमित गरेमा विलम्ब शुल्क र जरिवाना नलाग्ने समेत अध्यागमनले स्पष्ट पारेको छ।
" /> काठमाडौं। लकडाउनका कारण आफ्नो देश फर्कन नसकेका पर्यटकहरूको भिसा सरकारले निःशुल्क थपिदिने भएको छ।‘२०७६ चैत ८ गतेसम्म पर्यटक भिसा नियमित भएका विदेशी पर्यटकहरूको भिसा अन्तर्राष्ट्रिय उडान सुचारु भएको मितिले १५ दिनसम्म कायम रहने गरी निुःशल्क रूपमा नवीकरण गरिएको छ’, अध्यागमन विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ अन्तर्राष्ट्रिय उडान सुचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने विदेशी पर्यटकहरू भिसा नियमित गर्न विभाग आइरहनु पर्नेछैन।’

">