काठमाडौं। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन्। २१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाइ छ।
नेपाल–भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरू सुमधुर बनाउन दुवै देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन। उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ। भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ। यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन।’’
उनले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको शुरूआत गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे। राष्ट्रिय सभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धिमा उल्लेख भएका कतिपय विषयको गलत अर्थ लगाइएको बताए।
अधिकांश महाकाली नदी सीमा नदी हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको भट्टराईको भनाइ छ। उनले सबै असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताए।
" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन्। २१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाइ छ।नेपाल–भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरू सुमधुर बनाउन दुवै देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन। उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ। भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ। यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन।’’

">