काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने काममा खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका छन्। उनीहरूले नेपालको भूभाग फिर्ता गर्नको लागि प्रमाणसहित तत्काल भारतसँग कूटनीतिक वार्ता गर्न पनि सरकारलाई दवाब दिएका छन्।
“भारतले सैनिक, प्रहरी सुरक्षाकर्मी फिर्ता लानुपर्छ, क्याम्पहरू हटाउनुपर्छ भन्ने हाम्रो दृढ अडान हो”, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले आजको राष्ट्रिय सभा बैठकमा भने, “समस्या समाधानका लागि वार्तामा बस्ने भनिरहेका छौं। कूटनीतिक संवाद नै एकमात्र बाटो हो।”
राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको पूर्ण नक्शालाई संवैधानिक मान्यता दिन संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै श्रेष्ठले तथ्य र प्रमाण भए वार्तामा राख्न भारतलाई चुनौती दिएका थिए। नेपाल तथ्य र प्रमाणसहित लिम्पियाधुरासहितको भूभाग आफ्नो भएको पुष्टि गर्न तयार रहेको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले बताए।
भारतले जति दाबी गरे पनि सन् १८१६ सुगौली सन्धि नै आधिकारिक र ऐतिहासिक दस्तावेज भएको भन्दै सबै कुरा त्यसैले प्रष्ट पारिसकेको उनले बताए। श्रेष्ठले आफैंलाई कमजोर हुने हिसाबले कसैले पनि प्रमाण र तथ्य भन्दा बाहिर गएर नबोल्न सुझाव दिए। सन् १८१६ को सन्धिपछि नेपालको कुनै शासक र सरकारले सन्धि सम्झौतामा हस्ताक्षर गरेर भारतलाई आफ्नो भूभाग नदिएको भन्दै उनले त्यसमा सबै प्रष्ट हुनु जरुरी रहेको धारणा राखेका थिए।
बैठकमा नेकपाका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताए। नेपालीहरूको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेक पोस्ट राख्न दिइएको तर, अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेकोमा शर्माले आपत्ती जनाए। उनले नेपालको भूमिमा बसेको भारतीय सेना तत्काल फिर्ता गर्नुपर्ने बताए।
“भारतले हामीलाई असल मित्र मान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईंहरूको हो। त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडासम्मको जमिन तपाईहरू लिनुस भन्नुपर्छ’’, शर्माले भने। राष्ट्रिय सभामा नेकपाका अर्का सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाई’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताए। २१ औं शताब्दीमा पनि भारतले बल्लभ भाई पटेलको मानसिकतामा परिवर्तन गर्न नसकेको आरोप उनले लगाए।
‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाई पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो सम्भव छैन। उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ। भारतले ‘बडे भाई’को दम्भ त्याग्नुपर्छ,’’ भट्टराईले भने। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको शुरूआत गर्ने आँट र क्षमता देखाउन आग्रह गरेका थिए। भट्टराईले सबै असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न समेत भारत तयार हुनुपर्ने बताए।
विधेयकलाई राष्ट्रिय सभाले आज नै पास गरेको थियो। त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई प्रमाणीकरण गरेकी थिइन्।
" /> काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने काममा खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका छन्। उनीहरूले नेपालको भूभाग फिर्ता गर्नको लागि प्रमाणसहित तत्काल भारतसँग कूटनीतिक वार्ता गर्न पनि सरकारलाई दवाब दिएका छन्।“भारतले सैनिक, प्रहरी सुरक्षाकर्मी फिर्ता लानुपर्छ, क्याम्पहरू हटाउनुपर्छ भन्ने हाम्रो दृढ अडान हो”, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले आजको राष्ट्रिय सभा बैठकमा भने, “समस्या समाधानका लागि वार्तामा बस्ने भनिरहेका छौं। कूटनीतिक संवाद नै एकमात्र बाटो हो।”

">