जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

कास्की। पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२७ तालचोकमा १२ कात्तिक साँझ स्कार्पियो जीपको ठक्करबाट स्कुटर चालक लमजुङ बेँसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा हिजो राती नै उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कार्पियो जीपले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्