काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड-१९ महामारीका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणका अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए।
उनले भने, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति श्रृंखलालाई सहज गरिनेछ। अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ। हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ। आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ।”
सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजस्‍वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ।
छलफलमा कांग्रेसका देवले अर्थतन्त्रलाई कसरी गतिशील र आत्मनिर्भर बनाउने भन्ने जिज्ञासा राखेका थिए। राष्‍ट्रिय सभामा सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। रासस
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड-१९ महामारीका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणका अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए।
उनले भने, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति श्रृंखलालाई सहज गरिनेछ। अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ। हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ। आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ।”
सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजस्‍वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ।
छलफलमा कांग्रेसका देवले अर्थतन्त्रलाई कसरी गतिशील र आत्मनिर्भर बनाउने भन्ने जिज्ञासा राखेका थिए। राष्‍ट्रिय सभामा सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। रासस
"> संसदमा अर्थमन्त्रीले भने- 'अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछौं': Dekhapadhi
संसदमा अर्थमन्त्रीले भने- 'अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछौं'
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड-१९ महामारीका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणका अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए।
उनले भने, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति श्रृंखलालाई सहज गरिनेछ। अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ। हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ। आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्