भोजपुरमा २४६३ घर पुनर्निर्माण

भोजपुर। भूकम्पका कारण पूर्णक्षती भएका दुई हजार ४६३ घर पुनर्निर्माण गरिएको छ।

पूर्णक्षती पाँच हजार ७४९ घरमध्ये हालसम्म दुई हजार ४६३ घर पुनःनिर्माण भइसकेको राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजनराज रेड्डीले बताए।

१२ बैशाख २०७२ को पाँच हजार १९१ जनाले पहिलो र तीन हजार ८२१ जनाले दोस्रो किस्ताको रकम लिएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ३१ जेठको निर्णयअनुसार यही कात्तिक मसान्तसम्म दोस्रो किस्ता र आउँदो माघ मसान्तसम्म तेस्रो किस्ता रकम लिइसक्नुपर्ने छ।

तोकिएको समयमा तेस्रो किस्ता नलिए पहिलो र दोस्रो किस्ताबापतको रकम फिर्ता गर्नुपर्ने छ।

जिल्लामा प्रवलीकरणतर्फ परेका ४५३ निवेदनमध्ये २६६ जनाले पहिलो किस्ता रकम लिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्