काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी.सीपीसी)बीच भिडिओ कन्फरेन्स शुरू भएको छ।
नेकपाको पार्टी कार्यालय धुम्बराहीबाट नेताहरूले भिडिओ कन्फरेन्स गरिरहेका छन्।
नेकपा स्कुल विभाग प्रमुख एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले केहीबेरअघि भिडिओ कन्फरेन्स शुरू भएको देखापढीलाई जानकारी दिए।
भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित नेताहरू सहभागी छन्।
त्यस्तै सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको नेकपाले जनाएको छ।
अनुभव आदानप्रदान गर्नका लागि नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले संयुक्तरूपमा भिडिओ कन्फरेन्स शुरू गरेका हुन्।
नेताहरूले समूह बनाएर कन्फरेन्समा भाग लिइरहेको नेकपाले जनाएको छ। दुवै देशका नेताहरूबीच विविध विषयमा सूचना आदानप्रदान गर्नेदेखि लिएर पार्टी निर्माण कसरी बलियो बनाउन सकिन्छलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।
" /> काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी.सीपीसी)बीच भिडिओ कन्फरेन्स शुरू भएको छ।नेकपाको पार्टी कार्यालय धुम्बराहीबाट नेताहरूले भिडिओ कन्फरेन्स गरिरहेका छन्।

">