मरिचमा लगाएको आयात प्रतिबन्ध खुल्यो, कम्पनीहरूले नै आयात गर्न पाउने
काठमाडौं। सरकारले मरिच आयातमा लगाउँदै आएको प्रतिबन्ध खोलेको छ।

मन्त्रिपरिषद्को बैठकले मरिचको आयातमा लगाउँदै आएको प्रतिबन्ध खुलाएको हो।

जसअनुसार मरिचलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग गर्दै आएका कम्पनीहरूले नै मरिच आयात गर्न पाउने भएका छन्।

उद्योग विभागको स्वीकृतिका आधारमा कम्पनीले खपत गर्ने परिमाण आयात गर्न मिल्ने भएको हो।

यसअघि सरकारले मरिचको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो। सोहीकारण, मरिच सबैभन्दा बढी चोरीनिकासी गरिने वस्तु बन्दै आएको थियो।

यद्यपि सरकारले छोकडा, केराउ र मदिराको आयातमा प्रतिबन्ध कायमै गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्