सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू
काठमाडौं। महाराजगञ्ज क्षेत्रबाट जुवाखालबाट पक्राउ परेकामध्ये ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रीटमा अदालतले सबैलाई म्याद तामेल गरेर हाजिर गराउन आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका सबैलाई म्याद तामेल गरेर पुनः हाजिर गराउन आदेश गरेको हो।

१० कात्तिक बिहान पक्राउ परेका २५ जना मध्ये ६ जनाले सोही दिन रिट दायर गरेका थिए। पक्राउ परेका मध्ये थप ८ जनाले रीट दायर गरेपछि अदालतले एकै पटक म्याद तामेल गरेर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश गरेको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले १४ जनालाई नै भोलि पुनः अदालतमा उपस्थित गराइने बताए। “आज पनि ८ जनाले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि एकै साथ उपस्थित गराउन आदेश भएको छ,”  उनले भने, “सबैलाई भोलि अदालत लगिनेछ।”

आज शम्भु बुढाथोकी, होमप्रसाद चौलागाई, साङगे शेर्पा र ग्यालजे लामाको बन्दी प्रत्यक्षीकरण निवेदन परेको हो। यसअघि ११ कात्तिकमा ईन्द्र श्रेष्ठ, प्रेम थापामगर, रामकृष्ण श्रेष्ठ र अशोक श्रेष्ठको निवेदन परेको थियो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले ९ कात्तिक राति २५ जुवाडेलाई दुई करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको थियो।

जुवाको खालबाट ठूलो मात्रामा रकम बरामद भएको यो पहिलो पटक हो।

सर्वोच्चले १० कात्तिकमा नै २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश गरेको थियो। तर, ११ कात्तिकमा ढिलो गरी मात्रै अदालत लगेपछि उक्त मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्