काठमाडौं। एक खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँका सात परियोजनाले लगानी बोर्डबाट स्वीकृति पाएका छन्।
बोर्डको ४४औं बैठकबाट लगानीको स्वीकृति पाउने परियोजनाहरूमा पाँच जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग छन्।
हिजाे, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकबाट जलविद्युत र सिमेन्टमा आउने अर्बौं रूपैयाँको लगानी स्वीकृत गरिएकाे हो।
यससँगै ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२, ४२.९ मेगावाटको आँखुखोला, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाले लगानीको स्वीकृति पाएका छन्।
त्यसैगरी बोर्डको बैठकले ९७.२ मेगावाटको इसुवा खोला र १६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनालाई समेत स्वीकृति दिएको छ।
जसअनुसार, अपर मर्स्याङ्दी-२ जलविद्युत आयोजनाका लागि लगानीकर्ताले ७८ अर्ब ६५ करोड रूपैयाँ लगानी गर्नेछ।
यस्तै, आँखुखोला जलविद्युत आयोजनका लागि बोर्डले ६ अर्ब ३० करोड रूपैयाँ लगानीको अनुमति दिएको छ।
यसैगरी म्याग्दी खोलाका लागि १० अर्ब ३१ करोड, इसुवा खोलाका लागि १३ अर्ब ५७ करोड र कालीगण्डकी गर्ज आयोजना निर्माणका लागि २८ अर्ब ६ करोड रूपैयाँको लगानी स्वीकृत भएको छ।
यसका साथै बोर्डको बैठकले दुईवटा सिमेन्ट उद्योगलाई समेत स्वीकृति दिएको छ।
३२ अर्ब ५० करोड रूपैयाँको दाङ सिमेन्ट इन्डष्ट्रिज र १५ अर्ब पाँच करोड रूपैयाँको सम्राट सिमेन्ट उद्योगको लगानी प्रस्तावसमेत स्वीकृत भएको हो।
बैठकले १२५ मेगावाटका सौर्य ऊर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन अध्ययन गर्न रिसेन इनर्जी सिंगापुरलाई सवेक्षण अनुमति दिइएको छ।
२० मेगावाट स्टोरेज क्षमतासहित १२५ मेगावाटको सौर्य ऊर्जा परियोजना बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुनेछन्।
बोर्डको ४४औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्री, वन तथा वातावरणमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको उपस्थिति थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूसमेत सहभागी थिए।
" /> काठमाडौं। एक खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँका सात परियोजनाले लगानी बोर्डबाट स्वीकृति पाएका छन्।बोर्डको ४४औं बैठकबाट लगानीको स्वीकृति पाउने परियोजनाहरूमा पाँच जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग छन्।

">