काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले निर्माणाधिन मन्त्री निवासको निरीक्षण गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको आज उनले अनुगमन गरेका हुन्। स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।

लकडाउनका कारण तीन महीना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रूपमै अघि बढाउनु पर्नेमा जोड दिए। “अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रूपमा अगाडी बढाउनु पर्छ। आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर  कामलाई सामान्य रूपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस्”, मन्त्री नेम्वाङले भने।  

उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रूपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए। समस्या आए आफूले समन्वय गर्ने समेत उल्लेख गरे। दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कूल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ। पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रिय सभा अध्यक्ष निवास, एक राष्ट्रिय सभा उपाध्यक्ष निवास र एक प्रतिनिधि सभाका उपसभामुख गरी २७ ब्लक रहनेछन्। 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। यहाँ सातवटा ब्लक रहेको छ। प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ। सबै भवनहरू साडे दुई तलाको बन्नेछन्।संघीय मन्त्री निवासको कूल लागत एक अर्ब तीन करोड ४६ लाख ६८ हजार ४३७ रूपैयाँ (भ्याटसहित) रहेको छ। 

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले निर्माणाधिन मन्त्री निवासको निरीक्षण गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको आज उनले अनुगमन गरेका हुन्। स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।

लकडाउनका कारण तीन महीना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रूपमै अघि बढाउनु पर्नेमा जोड दिए। “अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रूपमा अगाडी बढाउनु पर्छ। आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर  कामलाई सामान्य रूपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस्”, मन्त्री नेम्वाङले भने।  

उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रूपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए। समस्या आए आफूले समन्वय गर्ने समेत उल्लेख गरे। दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कूल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ। पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रिय सभा अध्यक्ष निवास, एक राष्ट्रिय सभा उपाध्यक्ष निवास र एक प्रतिनिधि सभाका उपसभामुख गरी २७ ब्लक रहनेछन्। 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। यहाँ सातवटा ब्लक रहेको छ। प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ। सबै भवनहरू साडे दुई तलाको बन्नेछन्।संघीय मन्त्री निवासको कूल लागत एक अर्ब तीन करोड ४६ लाख ६८ हजार ४३७ रूपैयाँ (भ्याटसहित) रहेको छ। 

"> निर्माणाधिन मन्त्री निवासको अनुगमनमा पुगे मन्त्री नेम्वाङ: Dekhapadhi
निर्माणाधिन मन्त्री निवासको अनुगमनमा पुगे मन्त्री नेम्वाङ <p style="text-align: justify;">काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले निर्माणाधिन मन्त्री निवासको निरीक्षण गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको आज उनले अनुगमन गरेका हुन्।&nbsp;स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।</p> <p style="text-align: justify;">लकडाउनका कारण तीन महीना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रूपमै अघि बढाउनु पर्नेमा जोड दिए। &ldquo;अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रूपमा अगाडी बढाउनु पर्छ। आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर &nbsp;कामलाई सामान्य रूपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस्&rdquo;, मन्त्री नेम्वाङले भने। &nbsp;</p> <p style="text-align: justify;"><img alt="" height="1080" src="https://www.dekhapadhi.com/uploads/editor/Economy/Top%20View%20mantri%20niwas.jpg" width="1920" />उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रूपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए। समस्या आए आफूले समन्वय गर्ने समेत उल्लेख गरे।&nbsp;दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कूल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ। पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रिय सभा अध्यक्ष निवास, एक राष्ट्रिय सभा उपाध्यक्ष निवास र एक प्रतिनिधि सभाका उपसभामुख गरी २७ ब्लक रहनेछन्।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। यहाँ सातवटा ब्लक रहेको छ। प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ। सबै भवनहरू साडे दुई तलाको बन्नेछन्।संघीय मन्त्री निवासको कूल लागत एक अर्ब तीन करोड ४६ लाख ६८ हजार ४३७ रूपैयाँ (भ्याटसहित) रहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्