काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले राप्रविसं संयुक्तसँग एकीकरणका लागि वार्ता समिति बनाएको छ। वरिष्ठ उपाध्यक्ष शशीकुमार भण्डारीको संयोजकत्वमा आज गठित वार्ता समितिमा उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ, प्रवक्ता छत्र खडायत तथा केन्द्रीय सदस्यहरू मंगा तामाङ र राजु गैरेलाई सदस्यको जिम्मेवारी दिइएको छ।
संगठनका अध्यक्ष महेशबहादुर सिंहको सभापतित्वमा आज बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले वार्ता समिति गठन गरेको जनाइएको छ। माउ पार्टी राप्रपा र राप्रपा संयुक्तको गत वर्ष फागुनमा एकीकरण भए पनि जनवर्गीय संगठनहरूको एकता प्रक्रिया सम्पन्न भइसकेको छैन।
विद्यार्थी संगठन एकीकरणको लागि राप्रविसंको तर्फबाट वार्ता टोलीको जिम्मेवारी पाएका संयोजक भण्डारीले कोरोना भाइरसको महामारीका कारण एकता प्रक्रिया ढिलो सरेको भए पनि अब चाँडै दुई पक्षीय छलफल शुरू हुने बताए।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले राप्रविसं संयुक्तसँग एकीकरणका लागि वार्ता समिति बनाएको छ। वरिष्ठ उपाध्यक्ष शशीकुमार भण्डारीको संयोजकत्वमा आज गठित वार्ता समितिमा उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ, प्रवक्ता छत्र खडायत तथा केन्द्रीय सदस्यहरू मंगा तामाङ र राजु गैरेलाई सदस्यको जिम्मेवारी दिइएको छ।संगठनका अध्यक्ष महेशबहादुर सिंहको सभापतित्वमा आज बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले वार्ता समिति गठन गरेको जनाइएको छ। माउ पार्टी राप्रपा र राप्रपा संयुक्तको गत वर्ष फागुनमा एकीकरण भए पनि जनवर्गीय संगठनहरूको एकता प्रक्रिया सम्पन्न भइसकेको छैन।
विद्यार्थी संगठन एकीकरणको लागि राप्रविसंको तर्फबाट वार्ता टोलीको जिम्मेवारी पाएका संयोजक भण्डारीले कोरोना भाइरसको महामारीका कारण एकता प्रक्रिया ढिलो सरेको भए पनि अब चाँडै दुई पक्षीय छलफल शुरू हुने बताए।
">