काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री गुरुङले कोरोना संक्रमणको असर असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ-आफ्नो तर्फबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतना आवश्यक भएको बताएका छन्।
कार्यक्रममा रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार ५०० थान फेससिल, १० हजार ब्रुसर लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरे। रासस
" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्नेमा जोड दिए।

">