राैतहटमा गाेली चल्दा एक घाइते

रौतहट। रौतहटमा गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

भारत बिहारका ४५ वर्षीय विजय शाहलाई गौर–३ स्थित विद्युत् प्राधिकरण अगाडि गोली प्रहार गरिएको हो।

उनको पेटमा गोली लागेको रौतहट प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने पनि भारतीय नागरिक नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आन्तरिक विवादका कारण गोली प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ।

घाइते शाहको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्