काठमाडौं। शेयर बजारमा लागेको ग्रहण राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले मात्रै सम्बोधन गर्न सक्ने सरोकारवालाहरूले बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले मौद्रिक नीतिमा शेयर बजार क्षेत्रका समावेश हुनुपर्ने विषयहरू शीर्षकमा आयोजना गरेको वेविनारमा शेयर बजारसँग सम्बन्धित व्यक्तिहरूले शेयर बजारको समस्या अब राष्ट्र बैंकले मात्रै सम्बोधन गर्नसक्ने बताएका हुन्।
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले गरेको लकडाउनयता शेयरको दोस्रो बजारको कारोबार पूर्णरूपमा ठप्प छ। ३० र ३१ वैशाखमा दुई दिन शेयर बजार खुलेको भए पनि निरन्तर शेयरको मूल्य घटेपछि कारोबार बन्द गरिएको थियो।
नेपाल धितोपत्र बोर्डको ६ असारमा बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा अनिश्चित समयसम्मको लागि कारोबार बन्द गर्ने निर्णय गरेपछि नेपालको शेयर बजार थप अन्यौलमा धकेलिएको छ।
शेयरमा भएको लगानीलाई व्यक्तिको तरल सम्पत्तिको रूपमा बुझिन्छ। उसलाई आवश्यक परेको बेलामा शेयर विक्री गरेर रकम परिचालन गर्ने सुविधा हुने भएकाले शेयरलाई पनि पैसाकै रूपमा व्यवहार गरिन्छ। तर, लामो समयदेखि बजार बन्द हुँदा शेयर खरीद-बिक्री हुन सकेको छैन।
नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले लागिरहेको ग्रहण हटाउने जिम्मेवारी राष्ट्र बैंकको भएको बताएका छन्।
लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लागि राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने उनले बताएका हुन्।
आगामी मौद्रिक नीतिबाट शेयर धितोमा गएको कर्जाको व्याज तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारमा प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गराउनुपर्ने रानाभाटले बताए।
उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा कारोबार गर्न लागि उपयुक्त वातावरण बनाउने गरी मौद्रिक नीति आउनुपर्ने उनले बताए।
" /> काठमाडौं। शेयर बजारमा लागेको ग्रहण राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले मात्रै सम्बोधन गर्न सक्ने सरोकारवालाहरूले बताएका छन्।नेपाल आर्थिक पत्रकार समाजले मौद्रिक नीतिमा शेयर बजार क्षेत्रका समावेश हुनुपर्ने विषयहरू शीर्षकमा आयोजना गरेको वेविनारमा शेयर बजारसँग सम्बन्धित व्यक्तिहरूले शेयर बजारको समस्या अब राष्ट्र बैंकले मात्रै सम्बोधन गर्नसक्ने बताएका हुन्।

">