कञ्चनपुर। सिँचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनाभित्र पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माण कार्य भने कुछवा गतिमा छ। आर्थिक वर्ष २०६४/६५ मा शुरू भएको सिँचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन र मुआब्जा विवाद लगायतका कारणले ढिलाइ हुँदै आएको छ।
“२०६४ सालमा काम शुरू भए पनि सन्तोषजनक रूपमा अघि बढ्न सकेन”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले भने, “मुख्य कारण आयोजनालाई बजेट अभाव नै हो।” आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित् नेपाल–भारत सीमायता बेदाकोट नगरपालिकाको मसेपानीसम्म १३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ।
त्यसपछि आयोजनाले थप एक किलोमिटर मूल नहर निर्माणका लागि ३६ महीनाको अवधि तोकेर तीन प्याकेजमा ठेक्का दिएको छ। “तीनवटै प्याकेजको ठेक्का समायावधि आगामी मङ्सिरमा सकिँदैछ”, उनले भने, “तर, यहाँ गत चैत महीनायता काम गर्न बजेट छैन।” चालू आवमा मूल नहर निर्माणका लागि ३० करोड रूपैयाँ बजेट आए पनि त्यो विस्टले बताए। “म आउनुभन्दा पहिले नै आएको बजेट सकिएको थियो”, उनले भने, “थप बजेट माग गरेको धेरै भइसक्यो तर, बजेट आएको छैन।”
निर्माणाधीन १५ किलोमिटरको हालसम्म ३० प्रतिशत काम सकिएको उनले बताए “बन्दाबन्दीले पनि काम प्रभावित भयो”, उनी भनछन्, “अहिले सामान्य रूपमा काम अघि बढेको छ।” दुई अर्ब ३० करोड सम्झौता गरिएको १५ किलोमिटर मूल निर्माणको काममा अझै चारवटा सामुदायिक वनको रूख कटानी र ऐलानी जग्गाको मुआब्जा विवाद यथावत् छ। -शेरबहादुर सिंह/रासस
" /> कञ्चनपुर। सिँचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनाभित्र पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माण कार्य भने कुछवा गतिमा छ। आर्थिक वर्ष २०६४/६५ मा शुरू भएको सिँचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन र मुआब्जा विवाद लगायतका कारणले ढिलाइ हुँदै आएको छ।“२०६४ सालमा काम शुरू भए पनि सन्तोषजनक रूपमा अघि बढ्न सकेन”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले भने, “मुख्य कारण आयोजनालाई बजेट अभाव नै हो।” आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित् नेपाल–भारत सीमायता बेदाकोट नगरपालिकाको मसेपानीसम्म १३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ।

">