काठमाडौं। सीमाविद् बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताएका छन्।
लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए।
चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय विन्दु कायम भएपनि नेपालको दुई वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सीमांकन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढीला गर्न नहुने बताएका छन्।
सांसदहरूको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने श्रेष्ठले बताए। केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरूमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए।
सीमा समस्या वार्ताबाट मात्रै समाधान हुनसक्ने भन्दै उनले सडकमा आएर दुई/चार शब्द भन्दै विच्काएर नहुने बताए।
नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने वातावरण नेपालले बनाउनुपर्नेमा उनको जोड छ। भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव श्रेष्ठले दिएका छन्।
भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरूको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताएका छन्।
" /> काठमाडौं। सीमाविद् बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताएका छन्।लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए।

">