काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन अन्तिम साता हुने भएको छ। आज बसेको महासंघको पदाधिकारी समितिको बैठकले २५ र २६ साउनमा निर्वाचन गर्ने निर्णय गरेको हो।
पदाधिकारी समितिले गरेको निर्णय महासंघको कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ। महासंघका उपाध्यक्ष किसोरकुमार प्रधानले आज बसेको बैठकले साउनको अन्तिम साता निर्वाचन गर्ने निर्णय भएको बताए। निर्वाचनसँगै हुने साधारण सभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।
वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदका लागि भने निर्वाचन हुने छ। यसअघि महासंघको निर्वाचन चैत अन्तिम सातामा गर्ने तयारी गरिएको थियो। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेपछि महासंघको निर्वाचन सरेको थियो।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन अन्तिम साता हुने भएको छ। आज बसेको महासंघको पदाधिकारी समितिको बैठकले २५ र २६ साउनमा निर्वाचन गर्ने निर्णय गरेको हो।पदाधिकारी समितिले गरेको निर्णय महासंघको कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ। महासंघका उपाध्यक्ष किसोरकुमार प्रधानले आज बसेको बैठकले साउनको अन्तिम साता निर्वाचन गर्ने निर्णय भएको बताए। निर्वाचनसँगै हुने साधारण सभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।

">