पिथौरागढमा तीन नेपाली हत्या आरोपमा मृतकका भतिजा पक्राउ

काठमाडौं। भारतको पिथौरागढको मडधुरा गाउँमा ९ कात्तिकमा तीन नेपालीको हत्या आफ्नै भतिजो नाता पर्ने एक नेपालीले गरेको खुलेको छ।

भारतीय प्रहरीले पिथौरागढ देखि १२० किलोमीटर टाढा मुन्स्यारि क्षेत्रबाट ११ कार्तिकमा बैतडीको पुरचौडी नगरपालिका- ५ का धनबहादुर बोहरालाई पक्राउ गरेको छ।

काकासहित तीन जनाको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हिजो बेलुकी सार्वजनिक गरेको हो।

पक्राउ गरेको दुई दिनपछि धनबहादुरले आफूले नै हत्या गरेको स्वीकारेको पिथौरागढका एसपी रामचन्द्र राजगुरुलाई उद्धृत गर्दै भारतीय पत्रीका अमर उजालाको अनलाइन संस्करणले जनाएको छ।

९ कात्तिक राती मडधुरा गाउँमा पुरचौंडी नगरपालिका- ५ दहतोलिका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका काशी बोहराको हत्या भएको हो ।

१० कार्तिकमा घरभित्र उनीहरुको शब भेटिएको थियो। पक्राउ परेका धनबहादुर बोहरा मृतक हरिश बोहराको भतिजा पर्छन्।

हत्या गरेलगतै आरोपि धनबहादुरले आफ्नो शरीरमा लगाएको कपडा जलाएका थिए।

विवादपछि नशाको सुरमा धारिलो हतियार र अन्य वस्तु प्रयोग गरेर हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन्। उनलाई भारतीय प्रहरीले आज अदालतमा उपस्थित गराउने जनाएको छ।

घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीको आग्रहमा जिल्ला प्रहरी कार्यालय, बैतडीले प्रहरी नायब निरीक्षक श्यामसिं महराको नेतृत्वमा प्रहरीको टोली पठाएको थियो।

नेपाल र भारतको प्रहरी टोलीले संयुक्त रुपमा घटनास्थलको निरीक्षण गरेका थिए।

सबै मिलेर मदिरा सेवन गरेको र हरिश बोहराकी श्रीमतीको विषयमा विवाद भएको प्रहरीले जनाएको छ।

मृतक हरिश बोहराकी श्रीमती कलावती भने घटनाको दुई दिनअघि मात्रै नेपाल फर्केर बझाङ पुगेको खुल्न आएको छ।

एक वर्षअघि हरिश बोहरासँग दोस्रो विवाह गरेर उनी मजदुरी गर्न सँगै भारत गएकी थिइन्।

उनलाई आवश्यक सोधपुछका लागि बैतडी ल्याइएको प्रहरीले जनाएको छ।

भतिजा धनबहादुर र काकीबीचको अबैध सम्बन्धका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

पढ्नुहोस्:

भारतमा तीन नेपाली मजदूरको हत्यापछि गाउँ नै शोकमग्न

भारतमा तीन नेपाली मजदूरको हत्या

प्रतिक्रिया दिनुहोस्