गलवान विवादका बीच चीनले गर्‍यो भारतमा १ अर्ब अमेरिकी डलरको लगानी <p>नयाँदिल्ली । गत मंगलबार (१६ जुन) बिहान भारत-चीन सीमामा तनाव बढ्न शुरु भएको थियो। दिउँसो खबर आयो- भारत-चीन सीमामा विवाद, तीन भारतीय सैनिक मारिए। त्यसको केही घण्टापछि मारिने भारतीय सेनाको संख्या तीनबाट बढेर २० पुग्यो।</p> <p>सीमामा भारत र चीनबीच तनाव बढिरहँदा महाराष्&zwj;ट्रको माहोल भने बेग्लै थियो। एक चिनियाँ मोटर कम्पनी र महाराष्&zwj;ट्र सरकार एक सहमति पत्रमा हस्ताक्षर गरिरहेका थिए। सहमति पत्रमा चिनियाँ मोटर कम्पनी जीडब्लूएमले १ अर्ब अमेरिकी डलर लगानी गर्ने र यसले ३ हजार रोजगारी सृजना गर्ने उल्लेख थियो।</p> <p>बीबीसीका अनुसार महाराष्&zwj;ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले &lsquo;म्याग्&zwj;नेटिक महाराष्&zwj;ट्र अभियान&rsquo; अन्तर्गत १६ हजार करोडको लगानी भित्र्याउने घोषणा गरेका थिए। सोहीअन्तर्गत चिनियाँ मोटर कम्पनीले १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।</p> <p>जीडब्लूएम अर्थात ग्रेट वाल मोटर्सले गत फेब्रुअरीमा भारतमा लगानी गर्ने इच्छा देखाएको थियो। गत साता गरिएको सहमतिले कम्पनी र महाराष्&zwj;ट्र दुवैलाई फाइदा हुने जनाइएको छ। यसको अलवा जीडब्लूएमले पुणेमा पनि ३ हजार ७ सय ७० करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ, जसले त्यहाँ १ हजार ४२ जनालाई रोजगारी मिल्नेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्