सांसद किराँती गृहजिल्लाको क्‍वारेन्टाइनमा
भोजपुर। भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बसेका छन्।

काठमाडौंबाट भोजपुर आएका किराँती जन्मथलो रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन्।

सरकारले गरेको कोरोना संक्रमण फैलिन सक्ने जोखिमका कारण बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था आफूले पनि पालना गरेको सांसद किराँतीले बताए।

सांसद किराँतीले आफू क्वारेन्टाइनमा बस्दा त्यहाँ भएका समस्याको पनि अवलोकन गर्ने र तिनको समाधानमा पहल गर्ने बताए

सरकारले जारी गरेको निर्देशन पहुँचवालाले पालना नगर्ने प्रवृत्ति बढिरहेको अवस्थामा त्यसविरुद्ध सन्देश दिन पनि आफू क्वारेन्टाइनमा बसेको प्रतिक्रिया दिए।

“हामीमा पहुँचको आधारमा विभिन्न ढंगले नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दो छ। यसले सर्वसाधारण जनता मारमा छन्। नियम सबैको लागि बराबर हुनुपर्छ। त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टाइनमा बसेर सरकारको नियम पालना गर्दैछु”, उनले भने।

काठमाडौंमा परीक्षण गरेर संक्रमण नभएको प्रमाणसहित आए पनि वर्तमान प्रावधानअनुसार आफू क्वारेन्टाइनमा बसेको बताउने सांसद किरातीले थपे, ‘क्वारेन्टाइन भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जन प्रतिनिधि तथा सर्वसाधारणसँगको संवादको अवसर मिलेको छ। यसबाट जिल्लाका समस्या बुझ्न सहयोग पुगेको छ।’

किराँतीले जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन आएको बताएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्