नेपालगंज कारागारमा नाराबाजी, कैदीबन्दीले बन्दीगृहमा ताला लगाए

काठमाडौं। नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले नारावाजी गरेका छन्।

उनीहरूले अहिलेका नाइकेलाई बन्दी गृहबाट बाहिर निकालेर भित्रबाट ताला लगाएका छन्।

बिहानैदेखि १०/१५ जना कैदीबन्दीको समूहले बिरोध गरिरहेको हो।

उनीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आएर समस्या समाधान गर्नुपर्ने अडान राखेका छन्।

समस्या समाधानका लागि कैदिबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख बखतकुमार थापाले देखापढीलाई जानकारी दिए।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वलीले कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको बताए । उनले देखापढीसँग भने, "चौकीदार (नाइके) परिवर्तन गर्नुपर्‍यो भन्ने माग गरेका छन् । हामी त्यसलाई सुल्झाउदैछौं । त्यस्तो गम्भीर केही छैन ।"

प्रतिक्रिया दिनुहोस्