काठमाडौं। लकडाउन लागू भएको एक/दुई दिनबाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङ निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ। आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२.५ मिटर मात्रै बाँकी छ।

एक वर्षअघि असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरू भएको थियो।

कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ। पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ। एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आउँदो शुक्रबारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।

कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७.५ मिटरमा पाइप जडानको काम भइसकेको छ। प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म सकिनेछ। बाँकी रहने २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

“सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्छ । एउटा सकारात्मक अवस्थामा हामी पुगेका छौँ। लकडाउनको समयमा सहज रूपमा काम हुनु आफैमा खुशीको विषय बनेको छ”, प्रवक्ता न्यौपानेले भने।

आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन्। नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करीब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरेका थिए। आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो। आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६५० श्रमिक कार्यरत् छन्।

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गर्न तयारी अवस्थामा राखिएको छ। पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ। एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट छन्।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव पाँच प्रतिशतको हाराहारीमा पुगेको छ।

सरकारले आगामी आवको पहिलो चौमासिकमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने जनाएको छ। रासस

" /> काठमाडौं। लकडाउन लागू भएको एक/दुई दिनबाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ।

"> लकडाउनकै बीच माथिल्लो तामाकोशी निर्माण तीब्र, जटिल काम सकिँदै: Dekhapadhi
लकडाउनकै बीच माथिल्लो तामाकोशी निर्माण तीब्र, जटिल काम सकिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्