सम्झौता सकियो, पुल निर्माण शुरू भएन
रुकुमपूर्व। सम्झौता अवधि सकिएको १६ महीना पुग्न लाग्दासम्म रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु भएको छैन।

सिस्ने गाउँपालिका र सदरमुकाम रुकुमकोट जोड्ने पुल निर्माण गर्न ३१ असार २०७३ मा हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवासँग सम्झौता भएको थियो।

सम्झौता अनुसार २०७५ को असार मसान्तसम्ममा पुल निर्माण गरिसक्नुपर्ने थियो।

सानीभेरी नदीमाथिको पुल निर्माणको काम शुरु नहुँदा सिस्ने गाउँपालिका-२, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ।

नौ करोड २० लाख रूपैयाँ लागत रहेको सो पुलको निर्माण कार्य शुरु नगरेपछि सिस्ने गाउँपालिकाले निर्माण कम्पनीको ध्यानाकर्षण गराएको छ।

आफूहरुले पटक–पटक सम्बन्धित पक्षलाई पुल निर्माणको कामलाई गति दिन ताकेता गरिरहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढाले बताए।

पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले भने नदीको एकापट्टि सडक नपुगेकाले निर्माण सामग्री ढुवानीमा समस्या भएर काममा ढिलो भएको बताएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्