विराटनर। प्रदेश १ प्रदेशसभाको बैठक आज स्थगित भएको छ।
सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदमा उठेका प्रश्नहरूको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद चल्न नदिने बताए।
कोरोना उपचार, रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने कार्कीले माग राखे। उनले प्रदेश सरकारको सचिव काठमाडौं जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने प्रक्रियाको विरोध गरे।
सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने कांग्रेसको माग छ।
१० मिनेटका लागि सदन स्थगन भएर पुनः शुरु भएपनि कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाए।
भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरूले नमानेपछि ९ असार १ बजे अर्को बैठक डाकिएको सभामुख भण्डारीले जानकारी दिए। रासस
" /> विराटनर। प्रदेश १ प्रदेशसभाको बैठक आज स्थगित भएको छ।सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए।

">