आईसीटी अवार्ड २०२० को अनलाइन नोमिनेसन शुरू
काठमाडौं। सूचना प्रविधि क्षेत्रको आईसीटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेसन आजदेखि शुरु भएको छ।

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन खुला गरिएको हो।

आजदेखि खुला गरिएको अवार्डको आवेदन १६ साउनसम्म गर्न सकिनेछ।

कोरोनाको प्रभाव र महामारीको कारण यस वर्षको आईसीटी अवार्ड ढिलो गरी हुने भएको छ।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्ड आयोजना हुनेछ।

स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड विधाहरू इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन्।

यसैगरी पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी र मिडिया पर्सन आईसीटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू छन्।

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आईसीटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू छन्।

सन् २०१६ देखि शुरू भएको आईसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्