पाकिस्तानमा रेलमा आगलागी ४६ जनाको मृत्यु, ४२ घाइते
काठमाडौं। गुडिरहेको रेलमा आगलागी हुँदा पाकिस्तानमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ।

घटनामा ४२ जना यात्रु घाइते भएका छन्।

कराँचीबाट रावलपिंडीका लागि छुटेको तेजगाम एक्स्प्रेसको रेलमा आज बिहान आगलागी भएको हो।

यात्रुहरुले बोकेको सिलिन्डर विस्फोटका कारण रेलमा आगो लागेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

यात्रुहरुले खाद्यान्न सामग्रीको साथमा सिलिन्डर र चुल्हो बोकेका थिए। आगोबाट रेलको तीन वटा डब्बा जलेको छ।

घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्