काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार ऐन संशोधन गर्दा निजी क्षेत्रलाई समस्यामा नपार्ने वचन दिएका छन्।

उद्योग परिसंघका प्रतिनिधिहरूसँग आज बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा पुगेको अख्तियार ऐन तेस्रो संशोधन प्रस्ताबबाट तर्सिएका व्यवसायीलाई प्रधानमन्त्री ओलीले यस्तो वचन दिएको परिसंघले जनाएको छ।

प्रस्तावित अख्तियार ऐनको विषयमाथि व्यवसायीको गुनासोलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘अप्ठेरोमा नपर्ने’ भन्दै आश्वस्त पारेको परिसंघले विज्ञप्तिमार्फत् जनाएको छ।

बालुवाटार पुगेका परिसंघका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले आफ्ना समस्या राख्न आह्वान गरेपछि उनीहरूले अख्तियार ऐन संशोधन प्रस्तावले लगानीको वातावरण बिग्रने, निजी क्षेत्र डामाडोल हुनेलगायतका गुनासो गर्दै प्रस्ताव फिर्ता लिन आह्वान गरेका थिए।

अख्तियारले निजी क्षेत्रलाई नियमन गर्दा व्यावसायिक वातावरण धमिलिने भन्दै उद्योगी व्यवसायीले त्यसको विरोध गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले व्यवसायीहरूसँगको भेटमा अख्तियार ऐन संशोधन प्रस्तावमा रहेका कुनै दफाबाट समस्या हुने भए त्यसबारे जानकारी माग गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

अख्तियार ऐन संशोधन विधयेक पारित हुँदा व्यवसाय सञ्चालन गर्न समस्या पार्ने दफाको जानकारी दिए छलफल गर्न र समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले तत्परता देखाएका थिए।

“प्रधानमन्त्रीले निजी क्षेत्रलाई अन्य ऐन कानुनले समस्या पारिरहेको भए पनि समाधान गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो,” थापाले भने, “निजी क्षेत्रको जिम्मेवारी अख्तियारलाई दिन नहुने कुरा आएपछि प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको साथमा रहेको र उद्योगी व्यावसायीले आफ्ना माग राख्न पाउने बताउनुभयो।”

छलफलका क्रममा प्रधानमन्त्रीले अर्थतन्त्रको डुंगा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्ने विश्वास दिलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले देखापढीलाई बताए।

त्यसैगरी रुग्ण उद्योगहरूलाई सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन र व्यवस्थापन गर्नका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै थापाले जानकारी गराए।

“कोरोना भाइरसको महामारीका कारण विदेशबाट फर्कनेहरूका लागि रोजगारीका क्षेत्र विस्तार गर्न निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न सरकार तयार भएको सन्देश प्रधानमन्त्रीले दिनुभयो,” थापाले थपे, “त्यसैले प्रधानमन्त्रीले उद्योगी–व्यवसायीहरूलाई ढुक्क रहन अनुरोध गर्नुभयो।”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार ऐन संशोधन गर्दा निजी क्षेत्रलाई समस्यामा नपार्ने वचन दिएका छन्।

"> अख्तियार ऐन संशोधन प्रस्तावबारे प्रधानमन्त्रीले भने- ‘व्यावसायिक वातावरण बिग्रिन दिइँदैन’: Dekhapadhi
अख्तियार ऐन संशोधन प्रस्तावबारे प्रधानमन्त्रीले भने- ‘व्यावसायिक वातावरण बिग्रिन दिइँदैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्