काठमाडौं। आर्थिक वर्ष २०७६/७७ को वैशाखसम्म अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धतामा २०.३ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको वैशाखसम्म कूल १ खर्ब ४९ अर्ब ४९ करोड रुपैयाँको अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
‘आर्थिक वर्ष २०७६/७७ को वैशाखसम्म अन्तराष्ट्रिय आर्थिक सहायता प्रतिवद्धतामा २०.३ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ४९ करोड पुगेको छ,’ अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख छ।
नेपाललाई वैशाखसम्म प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धतामा अनुदान सहायता २१ अर्ब ३४ करोड र ऋण सहायता १ खर्ब २८ अर्ब १५ करोड रहेको छ।
आर्थिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमश: १४.३ र ८५.७ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः २४.५ र ७५.५ प्रतिशत रहेको थियो।
" /> काठमाडौं। आर्थिक वर्ष २०७६/७७ को वैशाखसम्म अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धतामा २०.३ प्रतिशतले वृद्धि भएको छ।चालु आर्थिक वर्षको वैशाखसम्म कूल १ खर्ब ४९ अर्ब ४९ करोड रुपैयाँको अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

">