काठमाडौं। नेपालमा स्थायी लेखा (पान) नम्बर लिने करदाताको संख्या करीब ३३ लाख पुगेको छ।
अर्थ मन्त्रालयका अनुसार २०७७ वैशाखसम्ममा नेपालमा ३२ लाख ९६ हजार ९ सय ६१ जनाले पान नम्बर लिएका छन्।
‘२०७६ असारसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७२ हजार २ सय रहेकोमा २०७७ वैशाख महीनासम्म यस्तो संख्या ५१.८ प्रतिशतले बढेर ३२ लाख ९६ हजार ९ सय ६१ पुगेको छ,’ अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको बुलेटिनमा भनेको छ।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो १० महीनामा ११ लाख २४ हजार ७ सय ६१ जनाले पान नम्बर लिएका छन्।
कूल करदातामध्ये व्यवसायिक पान नम्बर लिने १३ लाख ६५ हजार ८ सय ९१ जना छन् भने व्यक्तिगत पान नम्बर लिने १९ लाख २६ हजार ४ सय ८८ छन्।
चालु आर्थिक वर्षको वैशाखसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ५६ हजार ३ सय १६ पुगेका छन्।
त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ९७ हजार ८ सय ३३ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। नेपालमा स्थायी लेखा (पान) नम्बर लिने करदाताको संख्या करीब ३३ लाख पुगेको छ।अर्थ मन्त्रालयका अनुसार २०७७ वैशाखसम्ममा नेपालमा ३२ लाख ९६ हजार ९ सय ६१ जनाले पान नम्बर लिएका छन्।

">