धादिङमा जिप दुर्घटना हुँदा २३ घाइते
<p>धादिङ। दक्षिणी धादिङको गजुरी गाउँपालिका-२, मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्।</p>
<p>जिपमा ३० जना सवार रहेको बताइएको छ।</p>
<p>कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।</p>
<p>घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। थप विवरण आउन बाँकी छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्