काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीमतीको नाममा रहेको ग्यास उद्योग बेचेका छन्।
मन्त्री भट्टले सैपाल ग्यास उद्योगमा श्रीमती निर्मला देवी भट्टको नाममा रहेको ३३ प्रतिशत स्वामित्व बिक्री गरेका हुन्।
‘सैपाल ग्यास उद्योगमा मन्त्रीज्यूको श्रीमतीको नाममा ३३ प्रतिशत शेयर रहेको थियो। उक्त उद्योग शुक्रबार एभरेष्ट ग्रुपलाई बिक्री गरिएको छ,’ सैपाल ग्यास उद्योग सञ्चालक समितिका सदस्य सिद्धराज जोशीले भने।
उद्योग मन्त्री भट्टको श्रीमती सञ्चालक समितिको अध्यक्ष रहेको उद्योगले तीन महिनाअघि मात्रै सञ्चालनको अनुमति लिएको थियो।
नेपाल आयल निगमले सैपाल सञ्चालनका लागि तीन महिना अघि मात्रै स्वीकृत दिएको थियो। एभरेष्ट ग्रुपका सञ्चालक शिवप्रसाद घिमिरेले १८ करोड रुपैयाँमा सैपाल ग्यास शुक्रबार लिइएको बताए।
सैपाल ग्यासको प्लान्ट कैलालीको गोदावरी नगरपालिकामा थियो। ४ वर्षअघि निर्माण भएको उद्योग २ बिघा जमिनमा फैलिएको थियो।
मन्त्रीको ग्यास प्लान्ट खरिद गरेपछि एभरेष्ट ग्रुपसँग कूल ७ ग्यास प्लान्ट भएका छन्।
“मैले सैपाल ग्यास लिएको हुँ। त्यसमा पाँचजना सञ्चालक हुनुहुन्थ्यो। तर, मन्त्रीज्यूको नाम थिएन। मन्त्रीज्यूको भनेर मैले किनेको हैन,” घिमिरेले भने।
सैपाल ग्यासको प्लान्ट स्थापना गर्दा लागेको ऋण तिर्नका लागि उद्योग बेचिएको बताइएको छ। उनले स्थापना गरेको उद्योगको प्लान्ट निर्माण गर्दा १२ करोड रूपैयाँ खर्च भएको र सोही ऋण तिर्न उद्योग बेचिएको स्रोतले बतायो।
संयोग नै मान्नुपर्छ, उद्योगमन्त्री भट्टले उद्योगको स्वामित्व बेच्नुभन्दा केही दिन अगाडि मात्रै उद्योग राज्यमन्त्री मोतिलाल दुगडले नयाँ उद्योग स्थापनाको अनुमति लिएका थिए।
राज्यमन्त्री दुगडले नयाँ उद्योग खोल्न गरेको प्रस्तावलाई उद्योग विभागले २१ जेठमा स्वीकृत गरेको हो। उद्योग स्थापनाको स्वीकृति पाएसँगै राज्यमन्त्री दुगडले नयाँ उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाइसकेका छन्।
उनले मोरङको बुढीगंगा गाउँपालिकामा खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योग खोल्न अनुमति पाएका हुन्। कूल १५ करोडको लगानीमा स्थापना हुने उक्त उद्योगले ९० जनालाई रोजगारी दिने जनाइएको छ।
उद्योगले वार्षिक ५५० टन अचार, २०० टन गोलभेँडा केचअप, १२० टन फ्रुट जाम र ५०० टन कर्नफ्लेक्स उत्पादन गर्नेछ।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीमतीको नाममा रहेको ग्यास उद्योग बेचेका छन्।मन्त्री भट्टले सैपाल ग्यास उद्योगमा श्रीमती निर्मला देवी भट्टको नाममा रहेको ३३ प्रतिशत स्वामित्व बिक्री गरेका हुन्।

">