सउल। दक्षिण कोरियामा सञ्चालित जिन एयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ। इन्छन-काठमाडौं-इन्छन दुइतर्फि चार्टर्ड उडान गर्ने भनिएको जिन एयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ।
जिन एयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ। उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एसिया टुर्सले गर्ने भएका छन्।
जिन एयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ। यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया-काठमाडौं-कोरिया गरेको कोरियन एयरमा एकतर्फि भाडाबापत नेपालबाट कोरिया जाने यात्रुले एक हजार २ सय ५० अमेरिकी डलर तिरेका थिए तर जिन एयरमा ७ सय ५० अमेरिकी डलरमात्र लाग्ने बताइएको छ। कोरियाबाट नेपाल फर्किने यात्रुले ७ सय अमेरिकी डलर मात्र तिरे पुग्नेछ।
जिन एयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १:३० बजे इन्छनबाट हुने र नेपाली समयानुसार ४:५५ मा काठमाडौं अवतरण गर्ने जानकारी दिइएकाे छ। उक्त जहाज नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६:५५ मा उक्त जहाज कोरिया उड्नेछ। जिन एयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको बताइएको छ। रासस
" /> सउल। दक्षिण कोरियामा सञ्चालित जिन एयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ। इन्छन-काठमाडौं-इन्छन दुइतर्फि चार्टर्ड उडान गर्ने भनिएको जिन एयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ।जिन एयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ। उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एसिया टुर्सले गर्ने भएका छन्।

">