नागरिकतासम्बन्धी ल्याइएको प्रावधानले भारतसँग सम्बन्ध बिग्रन्छ भन्नुको तुक छैन : बेदुराम भुषाल

काठमाडौं। सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य डा. बेदुराम भुषालले नागरिकतासम्बन्धी ल्याइएको प्रावधानलाई भारतसँग मात्रै जोडेर ल्याइएको भन्दै गरिएका टिप्पणीमा कुनै तुक नरहेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अहिले ल्याउन लागिएको प्रावधानले सम्बन्ध बिग्रन्छ भन्ने कुरा निराधार र कपोलकल्पित तर्क रहेको बताए।

भारतको चंगुलमा बस्नुपर्ने भन्ने खालका अभिव्यक्ति दिने काम भइरहेको भन्दै उनले आफ्नो देशको कानुन बनाउने अधिकारमा अन्य क्षेत्रसँग जोडेर हेर्ने कुरा नभएको बताए।

“नागरिकतालगायतका सवालमा उठाइएका विषयमा किन भारतसँग जोडेर प्रस्तुत गर्ने काम गरिन्छ,” उनले भने, “यो त भारतका लागि मात्रै बनाउन लागिएको कानुन त होइन यसले समग्र विदेशी नागरिकसँग जोडिएको विषय हो।”

भारतको नागरिकता कानुन पनि हेर्न उनले सबैलाई आग्रह गरे। “त्यहाँ पनि विदेशी नागरिकसँग विवाह गरेमा ७ वर्षपछि मात्रै नागरिकता दिने भन्ने उल्लेख छ,” उनले भने, “हामीले के फरक गरेका छौं र? उस्तै हो यसमा किन धेरै विवाद र विचार राख्नुपर्‍याे।”

यो कानुन बन्दा भारतसँगको सम्बन्ध अझ विहार र युपीसँग सम्बन्ध विच्छेद हुने भन्ने कुरा उठाइएको भन्दै उनले भारतसँग मात्रै जोडेर हेर्न नमिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्