नेपाल सुन चाँदी व्यवसायी संघले आजको लागि प्रतितोला सुनको मूल्य ९० हजार ६ सय रूपैयाँ तोकेको हो। त्यसैगरी, तेजावी सुन प्रतितोला ९० हजार १६० रूपैयाँ तोकेको छ। ८ असारमा तेजावी सुनको मूल्य ९० हजार ५ सय ६५ रूपैयाँ तोकिएको थियो। हिजाे ९ सय ५० रूपैयाँ मूल्य तय भएको चाँदीको मूल्य भने आजको लागि ९ सय ४० रूपैयाँ तोकिएको छ।
विश्वबजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको थियो।
सरकारले कोरोना संक्रमण नियन्त्रण रोकथामको लागि ११ चैतबाट लकडाउन गर्नु अगाडि प्रतितोला ७७ हजार रूपैयाँ रहेको सुनको मूल्य लकडाउन आंशिक रूपमा खुल्दासम्म ९० हजार हाराहारी पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔश १ हजार ८ सय अमेरिकी डलरसम्म पुग्ने विश्लेषण हुन थालेको छ। त्यसो हुँदा नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९३ हजार रूपैयाँभन्दा माथि पुग्ने सुन चाँदी व्यवसायीहरूले बताएका छन्।
" /> नेपाल सुन चाँदी व्यवसायी संघले आजको लागि प्रतितोला सुनको मूल्य ९० हजार ६ सय रूपैयाँ तोकेको हो। त्यसैगरी, तेजावी सुन प्रतितोला ९० हजार १६० रूपैयाँ तोकेको छ। ८ असारमा तेजावी सुनको मूल्य ९० हजार ५ सय ६५ रूपैयाँ तोकिएको थियो। हिजाे ९ सय ५० रूपैयाँ मूल्य तय भएको चाँदीको मूल्य भने आजको लागि ९ सय ४० रूपैयाँ तोकिएको छ।विश्वबजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको थियो।

">