कोरोना नियन्त्रणमा स्थानीय तहलाई संघ र प्रदेश सरकारले सहयोग नगरेको सांसद पन्थको भनाइ

काठमाडौं। नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले स्थानीय तहका जनप्रतिनिधिहरूले कोरोना महामारी नियन्त्रणका लागि अहिले पनि संघ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको टिप्पणी गरेका छन्।

लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमानेको भन्दै पन्थले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने माग गरे।

अत्यावश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरूलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न उनले सरकारलाई ध्यानाकर्षण गराएका छन्।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरू ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरू नतोड्न उनको आग्रह छ।

बेसार, अदुवाको सेवनबाट रोग प्रतिरोधात्मक शक्तिका कारण नेपालीमा कोरोना संक्रमण कम भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ती जनाउँदै सांसद पन्थले पुष्टि नभएको विषयमा भ्रममा पारिएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्