दुई महिनामा चार गैंडा मरे
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतिले चार वटा गैंडा मरेका छन् ।

११ भदौदेखि ९ कात्तिकसम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक ९ कात्तिकमा भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो।

बुढो भएर हिडडुल गर्न र चर्न नसकेपछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए ।

यसअघि २० असोजमा भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो ।

त्यसअघि ५ असोजमा सौराहाको खोरसोरमा र ११ भदौमा राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो ।

ती सबै गैंडा कालगतिले मरेका हुन्।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतिका कारण ४१ वटा गैंडा मरेका थिए ।

चोरी शिकारीबाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतिबाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युकाे कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ। -रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्