शैक्षिक गुणस्तर सुधार्न देशैभर स्थायी शिक्षक राखौं : सांसद गुप्ता
<p>काठमाडौं। प्रतिनिधि सभाका सांसद ब्रिजेशकुमार गुप्ताले शिक्षा क्षेत्रको गुणस्तर सुधार्न स्थायी शिक्षक नै राख्ने व्यवस्था गरिनुपर्ने बताएका छन्।</p>
<p>आजको बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको गुणस्तर नै नभएको गुनासो बढिरहेका बेला स्थायी शिक्षक नै राख्‍ने गरी आवश्यक नीति नियम बनाउनुपर्ने धारणा राखे। </p>
<p>सांसद गुप्ताले सभामुखमार्फत् शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन्।</p>
<p>“अहिले विभिन्न खालका शिक्षकहरू राख्ने काम भइरहेको छ। शिक्षक राख्ने नाममा कार्यकर्ता भर्ती गर्ने काम भइरहेको छ”, उनले भने, “स्थायी शिक्षक राख्नुपर्‍यो। जहाँ रिक्त हुने अवस्था हुन्छ। त्यहाँ नयाँ शिक्षक पदपूर्ति गर्ने गरी कार्यादिशा बनाउनुपर्‍यो।”</p>
प्रतिक्रिया दिनुहोस्