ओली–दाहालबीच भेटवार्ता, भोलि बस्ने स्थायी समिति बैठकका विषयमा छलफल
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए।

नेकपाको भोलि बस्न लागेको स्थायी समितिको बैठकको पूर्व सन्ध्यामा ओली र दाहालबीच भेटवार्ता भएको हो।

स्थायी समितिको बैठकमा छलफल गर्ने अजेण्डाका विषयमा दुई अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अध्यक्ष दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

दुईजनाबीच करिब साढे दुई घण्टा लामो छलफल भएको बुझिएको छ।

सत्तारुढ दल नेकपाले एमसीसी परियोजनाका बारेमा छलफल गर्न भन्दै भोलि स्थायी समितिको बैठक बोलाएको भए पनि अहिलेसम्म अजेण्डाका बारेमा सदस्यहरूलाई जानकारी गराइएको छैन।

यसअघि दुईपटक स्थायी समितिको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भएको थियो।

२० जना स्थायी समिति सदस्यहरूले लिखितरूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।

नेकपाभित्र एमसीसी विषयको बहस तीव्र विवादमा छ। एमसीसीका बारेमा नै छलफल गर्न पनि २७ जेठ र ३२ जेठमा बोलाइएको नेकपा सचिवालयको बैठक पनि स्थगित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्