राप्रपा निकट दुवै विद्यार्थी संगठनहरु छिट्टै एकता गर्न सहमत
<p>काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका दुई विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) बीच एकीकरण गर्नका लागि निर्माण गरिएका दुई वार्ता समिति बीच आज पहिलो चरणको बैठक भएको छ। </p>
<p>राप्रविसंका तर्फबाट वार्ता संयोजक वरिष्ठ उपाध्यक्ष शशी भण्डारी, वार्ता सदस्य महासचिव जनक फडेरा र राप्रविसं (संयुक्त) का तर्फबाट वार्ता संयोजक युवराज रानालगायतका सहभागी भएको राप्रविसं केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए। </p>
<p>आजको बैठकमा दुवै पक्षले आ-आफ्नो संगठनको विधान हस्तान्तरण गरेका थिए, बैठकले पुन: संयुक्त बैठक बसी संगठनको एकतालाई मुर्तरुप दिने र छिट्टै संयुक्त सचिवालय निर्माण गरी राष्ट्रियताको पक्षमा र शैक्षिक विकृति विरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको फडेराले जानकारी दिए। </p>
<p>यसअघि गत वर्ष फागुनमा माउ पार्टी राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएपश्चात जनवर्गीय संगठनहरु बीच पनि एकता गर्ने क्रमको शुरूवात स्वरुप गत शनिबार राप्रविसं र आइतबार राप्रविसं (संयुक्त) ले आ-आफ्नो तर्फबाट वार्ता समितिहरू निर्माण गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्